कहिल्यै न झुक्नु ? कसै संग न डराउ


स्वाभिमानको लागि अझ रगत बगाउ
यो देश हाम्रो हो मातृभूमिको गरौं रक्षा
स्थानियवासी जुटौं गर्न सिमाना सुरक्षा
देव नारायण तिम्रो फोटो खिच्दा म रोए
राहतवितरण छाडी तिलाठी भूमि छोए
धन्य नेपाल आमा तिमी जस्ता वीर सपूत
सरकार मौन छैन समाधान गर्छ दृढ अटुट

सिंहदरवारको चरित्र उदांगो पार्ने ईशान
रातो रंग छ्याप्दा म बाटै फोटो खिचायौ
सिमानामा भूमि रक्षार्थ लड्दा देव नारायण
रातो रगत बगेको फोटो “खिच्न” पठायौ
छिमेकी छन् चतूर मलाई मार्न पनि सक्छ
राष्ट्रियता जगाउँदा दुर्गा नन्द झा हाल होला
पुनः जन्मी आउँछु मधेशमा वाचा छ आमा
आत्मा अमर हो फेरि नश्वर यो शरीर चोला
मधेशमा जन्मिएर होला भनियो मधेशी
मायाले दिईयो उपाधी भैया, धोती, देशी
तर पुनः जन्मिनु परे हेर मलाई यहि देशमा
पठाउनु हे नेपाल जननी पुनः पुनः मधेशमा
.........................
<div class="fb-like" data-href="https://www.facebook.com/chadankm" data-layout="button_count" data-action="like" data-show-faces="true" data-share="true"></div>