![]() |
Add caption |
तपाईंलाई थाहै होला मधेसको एकदमै घनात्मक जिल्ला मध्ये यो पनि मुख्री हो । त्यति बेला देश मधेसमा आन्दोलन चर्केको कारण त्यति मान्छे प्रशासन कार्यलय जादैन होला भनेर बुबाको नागरिकता खराब भैसकेका कारण जिल्ला प्रशासन कार्यलय महोत्तरी २०७२ फाल्गुन ४ गते जलेश्वर पुगियो। त्यहानेर ठिक उल्टो देखियो, मान्छेको पहिलाको जस्तै भिडभाड मान्छेले प्रशासनलाई गालि गर्दै थिए, म पनि आफ्नै जिल्ला आएको र एकदुइ जना सँग चिनजान भएकोले बुबाको नागरिकताको सबै कागज त्यसको जिम्मामा दिएर एताउता घुम्न थाले, अ त्यहानेर एकजना बर्दिबास नीर रहेको गौशाला देखि हराएको नागरिकताको प्रतिलिपी लिन आको थियो, त्यसको बारेमा ती सँग भएको रोचक गफ पछी लेखौला वा भनौला, भवनको ठिक बायाँ कुनामा सानो पोखरी जस्तो कुवा थियोे र कुवाको ठिक पुर्वतिर नागरिकताको लागि खोजिने फाइलको लाइन लागेको थियो, मुख हेर्दै थिए, खै कोइ चिनजान भेटाउछ कि? हेर्दा हेर्दै चिनेको त भेटाएन तर त्यहानेर दुई युवती र अरु अरु महिलाहरु लाइनमा बसेका देखियो, मलाई पनि हेरु हेरु जस्तो लाग्यो, म पनि त्यै केटिहरु उभिएको ठिक सामने उभियो, एउटा् केटि श्यामला रङको हेर्ने राम्री नै थिइन् पछी था भो कि ती हाम्रै गाउँको आसपास घर छन् । अर्को केटि पनि त्यहा थियोे, त्यसको बारे म के भनु त्यहा हुने सबै केटाहरू तिर्छी नजरले घुरेको हेरियो, आफुलाई कहिले पनि कुनै युवतीलाई हेरु हेरु लागेको थिएन तर त्यहा देखनबाट आफुलाई रोक्न सकिन्न । लाग्थियो यहाँका छदैछैन्न, बाहिरीबाट आएको अप्सरा जस्तै एकदम गोरि, हाइट पनि ५ फिट २ इन्च देखि ५ इन्चको बिच भएको, मधेसमा केटिलाई कानमा इयरफोन लाग्को कम्मै देखापर्ने भएपनी त्यसको सुन्दरता त्यस् कानको बालीको सट्टा झुल्दै गरेको इयरफोनले बढाउदै थिए, मलाई याद अहिले पनि जिन्दगीको महत्त्वपूर्ण दिन मध्ये त्यो याद आउदा एकदम खुसी हुन्छु,
अ, एउटा कुरा त्यहानेर अर्को एउटा केटा थियोे हुन्सक्छ म भन्दा समार्ट र हेन्सम देखिने पनि उभिएको थियो, सायद त्यसले ती केटिलाई हेर्ने क्षण क्षणमा पछाडी पल्टेर घुर्ने गर्थियो, सायद लाग्थियो यसरी हेरेर कहि भाग्यले साथ दियो भने यति सुन्दर साथी मेरो भैदेला भन्ने प्रयासमा थियो त्यो बेचारा ? त्यो केटाको रवैयाले ती युवती परेशान जस्तो लाग्थ्यो ? किनकि यो घटना पहाडको नभई मधेसको थियो, र मधेसको छोरीलाई कसैले घुरेको मन पर्दैनन् र युवतीलाई मन पर्दैन थियोे अर्को कारण थियो युवती सँग आएको उसको बुबाको अगाडि कसैले कसैलाई घुर्दा अप्ठ्यारो हुन्छ नै । फेरि यो नसोध्नु कि मलाई यत्रो कुरा था कसरी ? किनकि म पनि त्यसकै छेउमा उभिरहेको थिए र त्यहनेर घटिरहेक रोमाञ्चक घटनालाई बुझिने प्रयास गर्दै थिए, न म त्यस केटालाई भन्न सक्थ्यो न ती युवती मेरो आफ्नो कोइ नभएकोले रोक्न सक्ने हिम्मत नै थिएन? पल बित्दै गयो अत एउटा् साथी भेट भो उसले आफ्नो दिदिको नागरिकता बनाउन लाको थियो रे? साथिले भन्दै थियो कि भिनाजुले दिदिको नागरिकता नै बनाइदिन मानिरहेका थिएनन् त्यसैले जबर्जस्ती भिनाजुलाइ समातेर नागरिकता बनाउन आएको सुनाए, उसको दुख सँगै म यतातिर बडालिएको थिए, र एकछिन पछी ती युवती गैसकेका थिए । जेहोस जति भेटघाट भग्यले मिलाएको त्यति भयो म पनि काम सकाएर घर फर्के ।
घरमा मेरो बिहेको कुरा चल्दै थियो त्यो कुरा मलाई था थिएन, म बैंकको कामले जनकपुर पुगेका थियौं । बैंकबाट निस्किने बितिमै बुबाको फोन आयो,
बुब- कहाँ छ्स ? भनेर सोध्नु भो
म: किन?
बुबा : घर आउन कति बेर लाग्छ ?
म: लाग्छन् अझै एक डेढ घन्टा , किन केही ल्याउनु थियो कि?
बुबा: हैन बाहिरका मान्छे आको छन , त्यही भएर छिटो आइजा भन्नू भयो ।
म : हुन्छ भने र पछि बुझे पक्कै बिहेको लागि आउने मान्छेहरु नै होलान् , ठिक छ जेहोस बुझौला भनेर घर फर्किए।
घर आउने बितिकै मलाई हेर्ने ८-९ जनाको समुहमा आएको कुरा भाइहरुले सुनाए, एकछिनमै फुच्चे भाइ आयो र बोलाउनु भो हजुरलाई मलाई भनियो, म पनि अलि बिजि भएकोले छिट्टै सकाएर अफिस चाडै फर्किने दाउमा थिए ? म त्यहाँ पुगेसी लगभग ती मध्ये मलाई सबै चिनेकै थिए र मैले पनि चिन्थे उहाँहरुलाई, नचिनेका दुई जना थिए, त्यसमा एकजना केटा म जस्तै देखिने र केटिको बुबा, पछि सोध्दा बुबाले चिनाइदिनु भएको थियो, तर किन किन मलाई चिने चिने जस्तो लाग्यो? खैर म त्यतिखेर सबै बिर्सेर काममा फर्किए,

भोलि बिहानै देखि बुबा र घर परिवारको हाउभाउ अलि बदलिँदो बुझ्न आयो तर म मत्लब राखिन्न? किनकि मलाई त्यस्तो झमेला सँग मतलब राखिन्न? दिउसो तिर घरमा खाना खान आउदै गर्दा घर जाने गल्लीमा आफ्नै परिवारको मान्छेहरुको भिड थियो, मलाई लग्यो कोइ बेच्ने आए होला र यिनिहरु किन्दैछ्न, म नजिक गए ठुली काकीको मोबाईलमा केटिको फोटो नि हेर्दै थिए, म सोधु कि बिचार्दै थिए त्यतिबेला सबैको अँखा मेर तिर तेर्सियो त त्यहा उभिएको सानो भाइले अपत भन्दी हाल्यो चन्दन भाइजी तपाईंको बिहेको लागि कनिया पसन्द गरेका को फोटो छन् ।
म त्यहाबाट जान लागेकै थिए कि पछीबाट काकि, हजुरआमा, अरु अरुले पनि बोलाउन थालियो कि जिवनसाथीलाई त हेर ? मैले नाइ भने फेरि के एक्कासि हेर्ने मन लाग्यो र फोटो हेरे हेर्ने बितिकै कस्तो छन, छैन वि चार गर्नुको साटो चिनेको फोटो हो, कहाँनेर हेरेछु हेरेछु सोच्न थाइयो, मलाई लाग्दै थियो कि मैले कतै हेरेको छु, खाना खाइयो काममा गइयो, राती बति नभएको बेला टुइटर चलाउदै थिए कि एक्कासि त्यो फोटो दिमागमा आयो र सम्झिन थाले र अन्तमा सम्झिए हैट यो त त्यै जलेश्वर नागरिकता बनाउन पुगेका केटि पो रैछन, खुसी लाग्यो र सुन्थे पृथ्वी गोलो छ भनेर हो रहेछ ।